यात्रा , मन र फुल - Sajha Mobile
SAJHA MOBILE
यात्रा , मन र फुल
Posts 7 · Viewed 15006 · Likes 1 · Go to Last Post
Narayangarh suburb
· Snapshot
Like · Likedby · 1

यात्रामा म
एक्लो तर निर्बिकल्प हैन
साथ छ मस्तिस्क मा
तिता -मिठा
अतित अनी निबर्तमानको


बिस्राममा एक छिन
हराउन मन हुन्छ
भाग्न रहर
 
मन भरीका फाटाहरु सिलाएर
म पनि छाती चौडा गरु कि
गाडीको तिब्र गती जस्ताइ
जिन्दगीको रफ्तार समाउ कि


रफ्तार मा उत्तेजना हुनेछ
मन र मस्तिस्क को समायोजन को खाचो पर्नेछ
मन हराएको धेरै भो
मस्तिस्क एक्लै ले यो भार कसरी थेग्ने हो


म एउटा मन खोज्दै छु
एउटा आक्रिती सोच्दै छु
म फेरी फाटेको मन हेर्दै छु
त्यो आकृतिको लागि ठाउँ खोज्दै छु


ठाउँ मिल्ला जस्तो छ
तर प्रती प्रश्न को तगारो छ
फुल फुलेको जस्तो त्यो मन
अनी भखरै सिलाएको यो मन
त्यो फुल थिचिएला कि
माया को अभाब मा निसासिएला कि


अभाब अभाब मा रुमल्लिएको यो मन
खडेरी सरी भएर होकी
फुल खेलेको देखेर
अत्रिप्त चाहनाको स्वार्थ फक्राउदै छ
एही फुलबारिमा हराउने
सपना मोउलाउदै छ


अकास्मात सपना बाट बिउझे झै भयो
अझै काट्न बाँकी यात्रा याद
 
यात्रा मा मन र फुल सँगै भय
सुन्दर  हुन्थ्यो होला
उत्साह ले आकाश छुन्थ्यो होला

Rahuldai
· Snapshot
Like · Liked by · 0
हरेक हरफ अर्थपूर्ण छ नाराने, चोटिलो छ। अर्थ्याए सागर झै गहिरो र आकाश झै अनन्त छ । वाह् ! नाराने , वाह् !
perfectionist
· Snapshot
Like · Liked by · 0
अकास्मात सपना बाट बिउझे झै भयो
अझै काट्न बाँकी यात्रा याद 

यात्रा मा मन र फुल सँगै भय
सुन्दर  हुन्थ्यो होला
उत्साह ले आकाश छुन्थ्यो होला

waaah...


santosh1984
· Snapshot
Like · Liked by · 0
I am speechless!!!!!!! wah wah!!!!!!!
Geology Tiger
· Snapshot
Like · Liked by · 0

 


यो मन र मस्तिस्कमा भएको याद र सम्झनाहरुको भर परेर यात्रा गर्न गार्हो हुँदो रहेछ, जब जब अतितका यादहरु मनमा सल्याङबल्याङ गरेर  सल्बलाउन थाल्छन् तब तिनीहरु अकस्मात् अतितबाट निस्केर बर्तमान बन्न चाहन्छन् । फाटिएको मनसँगै कमजोर भएको यो बर्तमान अतितका  यादहरुको कठोर प्रहारको अगाडि साह्रैनै निरिह बन्दो रहेछ। अनी त्यो अतितले मनलाई पनि खर्लप्पै निल्दो रहेछ। मन त एउटा अन्धपुजारी जस्तै त्यो अतितको गुणगानमा मस्त हुँदो रहेछ। त्यसैले यो फाटिएको मनलाई समयको ओखतीको लेप लगाएर यात्रामा अघी बढ्नुको कुनै बिकल्पनै छैन। मनहरु फाटिन्छन्, जोडिन्छन् अनी फेरी फाटिन्छन्। तर फुलसँग अबको यात्रा फाटिनु हुँदैन समयचक्रमा जिन्दगी नफाटिएसम्म। नत्र फेरी एउटा बर्तमानले निर्मम प्रहार गर्ने छ, अतितका यादहरु भएर। त्यसैले अबको फुलसँगको त्यो यात्रा आफु पनि फुलनै भएर पार लगाउनु पर्नेछ, काँडा भएर फाटिन दिनुहुदैँन। 


 

countryroad
· Snapshot
Like · Liked by · 0

अती नै राम्रो लाग्यो ,प्रसम्सा गर्न  नयाँ शब्द कहाँ खोजने होला ,पुरानासब्द हरु फिका भये |

Narayangarh suburb
· Snapshot
Like · Liked by · 0
rahuldai, perfectionist,santosh, GT guru, CountryRoad: thank you very much!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 173
· Posts 1 · Viewed 246
· Posts 1 · Viewed 215
· Posts 1 · Viewed 229
· Posts 1 · Viewed 360
· Posts 1 · Viewed 411
· Posts 1 · Viewed 298
· Posts 1 · Viewed 464
· Posts 1 · Viewed 365
· Posts 1 · Viewed 371



Travel Partners
Travel House Nepal