एक्चोटी एउटा फर्म मालिक्लाई आफ्नो गाई भर्ना गराउनु थियो | नजिकैको
गाउँमा उस्को साथीको साँढे भएको कुरा सम्झना भयो अनी उसले साथीलाई फोन
गर्यो |
"आइज, आइज, तेरो काम पनि हुन्छ , दुबैजना लन्च सँगै गरौला
|" असले गाइलाई ट्रकमा राख्यो अनी लिएर साथीको फर्म गयो | गाइलाई साँढे
लगाएर उनिहरु सँगै लन्च गर्न गए |
"लौ त अब बिदा दे यार, अनी एउटा
कुरा गाई भर्ना भयो भन्ने कुरा मैले कसरी थाहा पाउने ?" गाइवालाले भन्यो |
"सजिलै
छ नि, बिहान गोठमा गाई यदी लम्पसार परेर सुतिरहेको पैसा भने गाई भर्ना
भयो भन्ने बुझ्नु ", साथीले भन्यो |
भोलिपल्ट बिहान उ गोठमा जाँदा
गाई उभिराखेको पायो, भर्ना नभएकाले उसले फेरी गाइलाई ट्रकमा लोड गर्यो र
पल्लो गाउँ साथीकोमा लग्यो | उसले साथी सँग ब्रेकफास्ट गर्यो , गाइलाई
साँढे लगायो, लगातार ५ दिन सम्मा यस्तै गर्यो | ६टौ दिन बिहान उसकी
श्रीमतीले ओछ्यानमा आएर उठाइ र करौदै भनी, " छिटो उठ्नुस्न हजुर|"
"
के भयो ? उसले निन्द्राको सुरमा भन्यो |
" हाम्रो गाई ......"
श्रीमतीले भनी |
" गाइको नाम सुन्नेबितिकै उ जुरुक्क
उठ्यो अनी आशापूर्ण स्वरमा भन्यो " के भयो गाइलाई ? भर्ना भएछ ? गोठमा
लम्पसार परेर सुतिरहेको छ कि कसो ? "
"होइन, गाई आँफै ट्रकमा चढेर
होर्न बजाउन्दैछ | "
For more Entertainment visit : CLICK HERE