[Show all top banners]

salokya
Replies to this thread:

More by salokya
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Why Should I resign ? Says Dr. Giri

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 14416 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-12-05 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैंकको ऋण नतिरेर कालोसूचिमा पर्नुभएका मन्त्रीपरिषदका उपाध्यक्ष डा. तुलसी गिरीले उपाध्यक्ष पदबाट राजिनामा दिने कुनै सोच नभएको बताउनुभएको छ।

नैतिकताको आधारमा राजिनामा दिने कि भन्ने पत्रकारहरुको जिज्ञासामा गिरीले,'बैंकले जानकारी नै नदिई किन राजिनामा दिने' भन्ने प्रतिपश्न गर्नुभयो। गिरीले थप्नुभयो, 'राजिनामा त पहिले देखि नै माग्दै आएका हुन्, उनीहरुलाई राजिनामा माग्ने छुट सधै छ, तर अहिले राजिनामा दिने त प्रश्नै उठ्दैन।' हिजो प्रकाशित कान्तिपुर दैनिकका अनुसार, मन्त्रीपरिषदका उपाध्यक्ष डा. गिरीले नेपाल बैंक लिमिटेडबाट २०४२ सालमा हिमालया प्लास्टिक उद्योग संचालनका लागि लिनुभएको ऋण अहिलेसम्म नतिरकाले बैंकले उहाँलाई कालो सूचिमा राखेको छ। कालो सूचिमा राखेका ऋणीहरुलाई सरकारी निकायमा नराख्ने तथा र्सार्वजनिक वहिष्कार गर्ने नीति सरकारले बनाएका कारण डा. तलसी गिरीले नैतिकको आधारमा राजिनामा दिनु पर्ने माग विभिन्न राजनीतिक दलका नेता तथा वुद्धिजिविहरुले गरेका छन्।
 
Posted on 06-12-05 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Salokya - Good to see you back, brother. Even though we may not agree on everything, I was begining to miss you and your style which I must say makes you stand out from everyone else at Sajha.

Anyways, I think Dr Giri is in a bit of a soup - this is bad publicity for him. My prediction is if this doesn't die down soon, Dr Giri's personal life is going to get dragged into the public arena and according to some there are lots of skeletons under his bed. That would be sad but it could very well be the next twist to the Tulsi Giri drama.

Nepali politics only gets more interesting by the day - what more c an I say?
 
Posted on 06-12-05 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

arrogent MF need to be kicked and send back to Sri Lanka where he can covert poor lankan kids to Christianity.
 
Posted on 06-12-05 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sambidhan Ma Nabhayako Padma basne : Giri
Manb Adhikar badi lai control garnu parchha: Giri
Sabai thoka Banda Garera Adahatal jau Bhanne : Giri
Bank Ko rin Natirne : Giri
2011 Salma Bhumisudhar Matri hunda Ailani jagga ma *(Sukumbasi Uthayara) Hadpera aphno garaune : Giri

Do you think so easily he will resign? Maobadi Narbhicvhhi le jasto Chala Katera nun Chuk Dalera tini haru ko centre ma kam garna lagaunu parchha giri jasta lai ta.
 
Posted on 06-12-05 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't understand why everybody is irritating about GIRI. It is not his fault to be a vice-chairperson of the council of Ministers. He didn't get this job himself, neither he applied for it. Just imagine, who brought this personality to the power.

GIRI is right? Why? If his boss doesn't resign, why should he resign. Who has morality in country. Who has proved in Nepal to resign and at least showing the public support while not being cooperated by palace or in any public failures. There are only 2-3 examples that they resign themselves, because they didn't get any advantages from their position. Did Girija resign himselfs on moral issues (Lauda, Tanakpur scandal etc.), did UML govt declined (Dhamija scandal). People didn't resigned unless they are kicked out on their bump labelling them as "Incapable". In a situation that the people beleiving in democracy or claiming themselves as contractor of democracy didn't resign for the moral reason, why a staff of the King's council resign, untill his chief (King) kicked him out. He is not a people's representative. In this regard, kina kina kina Girile rajinam dine.
 
Posted on 06-12-05 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't understand why everybody is irritating about GIRI. It is not his fault to be a vice-chairperson of the council of Ministers. He didn't get this job himself, neither he applied for it. Just imagine, who brought this personality to the power.

GIRI is right? Why? If his boss doesn't resign, why should he resign. Who has morality in country. Who has proved in Nepal to resign and at least showing the public support while not being cooperated by palace or in any public failures. There are only 2-3 examples that they resign themselves, because they didn't get any advantages from their position. Did Girija resign himselfs on moral issues (Lauda, Tanakpur scandal etc.), did UML govt declined (Dhamija scandal). People didn't resigned unless they are kicked out on their bump labelling them as "Incapable". In a situation that the people beleiving in democracy or claiming themselves as contractor of democracy didn't resign for the moral reason, why a staff of the King's council resign, untill his chief (King) kicked him out. He is not a people's representative. In this regard, kina kina kina Girile rajinam dine.
 
Posted on 06-12-05 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry, guys for double refreshing!
 
Posted on 06-12-05 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

salokya,
don't forget to mention the link to your site.
- www.merosansar.blogsome.com
 
Posted on 06-12-05 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


That link is not correct. sorry i forgot your link....

 
Posted on 06-12-05 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My prediction is that Giri is going to be kicked out by King Gyanendra. He deserves nothing less. All bank-loan defaulters including Giri and their accomplices should be brought to justice.
 
Posted on 06-12-05 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KukUr ko Naitikta Bhayo po ?Naitikta nai Nabhayeko GORU(GIRI) le K Rajinama dinu.....mari jaaaa!
 
Posted on 06-12-05 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wait for the final verdict to shout for his resignation, but that dude if he feels there is something foul, he should resign immediately for good to set a new trend of moral responsibility. Otherwise, his rantings and shouting for corruption free and disciplined democracy as envisioned by HM would all prove mere illusion and hog wash.
 
Posted on 06-13-05 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shaivaji, that is true. Poor Giri!

In fact, for me the scandal of the Bank-loan is less irritating than the personality of Giri and the way he was appointed by his master. Who doesn't have loan or who are not corrupt inluding political leaders. For me the rational ground is, whether or not Giri is black listed for the Loan, such personalities without vision, have no right to drag our country into the holes.
 
Posted on 06-13-05 2:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't think king will punish him. Neither his RCCC. Only Maoists can punish him and people like him incl Gyane.
 
Posted on 06-13-05 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रीमतीसहित नातेदार सूचीमा

- डा. गिरीमात्र होइन, पत्नीसहित नातेदार ऋण नतिरेकाले कर्जा सूचना केन्द्रको कालोसूचीमा छन् । गिरीकी कान्छी पत्नी सहारा, भतिजा सुबोध र नातेदार सुसमन्ताले जनरल इलेक्ट्रोनिक्स प्रालिको नाममा नेपाल बैंकबाट लिएको ४१ लाख् २६ हजार रुपैयाँ नतिरेकाले कालोसूचीमा परेका हुन् । यो २०५७ माघ १७ मा केन्द्रले कालोसूची नम्बर १३८२ मा राखेको हो ।
उनीहरूले २०३७ जेठमा बिनाधितो ऋण लिएका थिए । समयमा भुक्तानी नगरेकामा बैंकले अल्टिमेटम दिँदै २०४१ वैशाखमा १५ दिनभित्र कर्जा चुक्ता गर्न पत्र पठाएको थियो । पत्र डा. गिरीको ठेगानामार्फत पठाइएको थियो । पत्रमा ऋणीको नाम र ठेगानामा माननीय पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी, किरण भवन, सानेपा, ललितपुर उल्लेख छ । त्यो कर्जा भुक्तानीको म्याद नाघेकाले अन्तिम ताकेता पत्र भएको उल्लेख छ । बैंकले उक्त कर्जाबारे छानबिन भइरहेको जनाएको छ ।

(From: http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42713)

Giri jue.......aaba ta buda yek dadu pani ma dubera mar....... talai mora, aasati, haija le lana nasakeko......chaure buda.

 
Posted on 06-13-05 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why not Maoist take care of him really well ?
 
Posted on 06-13-05 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what a comment? why not maoist take care of him ? hahahahah smart guys
 
Posted on 06-13-05 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42860

डा. गिरीको (अ) नैतिक शिक्षा
बाइरोडको बाटोमा

गुणराज लुइँटेल

- 'इमानदारी जीवनको सबैभन्दा ठूलो सम्पत्ति र सफलता हो । बेइमानी, धुत्र्याइँ, भ्रष्टाचार र दुराचारले क्षणिक उपलब्धि र आनन्द मिल्न सक्छ । ढिलो-चाँडो पापको फल भोग्नैपर्छ- आफू उम्किहाले छोरानातिले पनि । त्यसैले असल बनौं- आफू र आफ्ना सन्ततिलाई जोखिममा नपारौं ।'
यो कुनै महावाणी होइन । यो केवल राजाको अध्यक्षतामा गठित मन्त्रिपरिषद्का वरिष्ठ उपाध्यक्ष डा. तुलसी गिरीले बैंकको ऋण नबुझाएर 'कालोसूची' मा परेको समाचार सार्वजनिक भएको दुई दिनपछि सरकारी मुखपत्रमा छापिएको एउटा सानो विज्ञापनमात्र हो । सरकारले यस्तो सूचनात्मक विज्ञापन कसका निम्ति छपाएको हो त्यो प्रष्ट छैन ।

इमानदार शासनमा बस्नेले पनि हुनुपर्छ कि जनताले मात्र ? बैंकको ऋण तिर्ने, खुरुखुरु महिनैपिच्छे बिजुली- टेलिफोनको महसुल बुझाउने, राज्यले तोकिदिएको घरजग्गा, सवारी र अन्य कर तिर्ने काम के सर्वसाधारण जनताको मात्रै हो ? सडकको नियम, ट्राफिक लाइटको पालना, सरकारले तोकिदिएका ठाउँमा मात्र जुलुस गर्ने र जस्तोसुकै काम नलाग्ने सरकार भए पनि त्यसलाई टाउकोमा बोकेर हिँड्नुपर्ने दायित्व के जनताको काँधमा मात्र छ ?

०४६ सालको जन-आन्दोलनले सबैलाई संविधानभित्र राख्न खोजेको हो तर संविधानका प्रावधान कमजोर भएका कारण डा. गिरीहरू मुलुकको संविधानभन्दा माथि पुगेका छन् । किनभने यो जनता हारेको बेला हो । जनताले सधैँ हार्दैनन् । हारेका बेलामा भने डा. गिरीहरूजस्ता बैंकको ऋण नतिर्ने शासकहरूलाई व्यहोर्नु पर्छ । जब जनता जाग्छ, फेरि यिनीहरू देश छोडेर भाग्छन् । जनता भने जस्तोसुकै दुःखमा पनि देशमै बसिरहन्छ ।

डा. तुलसी गिरी नाम मात्र होइन । यो इतिहासको एउटा त्रासद प्रवृत्ति पनि हो । त्यसकारण यस्तो प्रवृत्तिले राज्यको कुनै कानुन पालना गर्नुपर्दैन । कालो सूचीमा पारे पनि उसलाई औपचारिक जानकारी दिनुपर्छ । यो प्रवृत्तिको चालामाला देख्दा लाग्छ- बैंकले उसलाई चाँदीको किस्तीमा राखेर मुद्राहरू ग्रहण गरिदिन आग्रह गरेको थियो । र उसले त्यो लिएर चलाइदिएको थियो । अहिले त्यो तिर्नुपर्ने हो भन्ने कुरा उसलाई लागेकै छैन । 'बैंकले केही लेखेरै दिएको छैन' उसले भनेको छ- 'उसले केही देओस् तब न भनूँ ।'

त्यो निरीह बैंकले गिरीजस्ता शक्तिशालीलाई के भनोस् ? सार्वजनिकरूपमा मात्रै उनलाई यो लिएको छैन भन्न गाह्रो भएको हो । यसै पनि डा. गिरी आफ्नो स्वार्थ अनुकूल धारणाहरू परिवर्तन गर्न सिपालु छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले राजनीतिमा अगाडि बढाएका गिरीले आफ्नो स्वार्थका लागि कसरी धोका दिए भन्ने इतिहास बुझ्नेका निम्ति गिरीको यो चाल बुझ्न त्यति गाह्रो छैन ।

२० वर्षअघि उनले त्यो ऋण नेपालमै बसौंला, कुनै उद्यम गरेर फेरि फर्काउँला भनेर लिएकै थिएनन् । नेपालबाट विदेश जानुअघि उनले त्यो रकम लिएका थिए र फेरि राजनीति गर्न फर्काैंला भन्नेसमेत उनले बिर्सिसकेका थिए । उनी नेपालबाट धर्म, राष्ट्रियता, देशभक्ति सबै छोडेर श्रीलंकाको कोलम्बोमा पुगेका थिए । जहाँ उनी क्रिस्चियन धर्मअनुसार 'यहोवाका साक्षी' बनेका थिए । भिसाका कारणले त्यहाँ बस्न असम्भव भएपछि उनी मद्रासको लोनावाला र त्यसपछि बेंगलोरमा स्थायीरूपमा बस्न थालेका थिए ।

दुई दशकसम्म उनले आफ्नो धार्मिक समुदायलाई अराजनीतिक छवि प्रस्तुत गर्दै रहेकोमा एकाएक उनी उपाध्यक्ष बन्न हिँडेपछि त्यो समुदायसमेत धोकामा परेको थियो । फागुन ३ गते उनी उपाध्यक्ष बने । उनलाई बैंगलोरमा राम्ररी चिन्ने हिन्दुस्तान टाइम्सका संवाददाता श्रीनिवास प्रसादले फागुन ६ गते लेखेको समाचारमा भनिएको छ- 'गिरीको निर्णयले यस आन्दोलनका सहकर्मीलाई प्रष्टरूपमा दुःखी तुल्याएको छ ।'

'यहोवाको साथी' ले सधैँ विश्ववादको वकालत गर्छन्, तिनले राष्ट्रियता वा देशभक्तिलाई मान्दैनन् र राजनीति वा सत्तामा विश्वास गर्दैनन् । यस्तो समुदायमा सदस्य भइसकेको व्यक्ति एकाएक मुलुकको राजनीतिमा फर्केपछि त्यहाँ चिन्ता छाउनु स्वाभाविक हो । तर त्यो समुदायलाई समेत यी बैंकको ऋण नतिरी देशबाट भागेका थिए भन्ने के थाहा ?

ती संवाददाताले आफ्नो समाचारमा राजदरबार हत्याकाण्डपछि गिरीले आफूलाई बताएका कुरासमेत उल्लेख गरेका छन् । उनले लेखेका छन्- 'गिरीले यो संवाददातासँग आफू कहिल्यै राजनीतिमा नर्फकने बताएका थिए । र उनले माओवादीलाई आतंककारी भन्नसमेत अस्वीकार गरेका थिए । तर अहिले भने माओवादीविरुद्ध कडा धारणा व्यक्त गर्न थालेका छन् ।'

आजभन्दा २० वर्षअघिको नेपाललाई आधार मानेर हेर्दा त्यो बेला लिएको २० लाख रुपैयाँ ज्यादै धेरै हो । वास्तवमा उनलाई धर्मकर्म र ऐस-आरामको जिन्दगी गुजार्न त्यसैले मद्दत गरेको हो । बैंकको हिसाबले समेत त्यसको मूल्य १ करोड ७४ लाख पुग्नुले त्यसको उतिबेलाको मूल्य अहिले सहजै अनुमान गर्न सकिन्छ । आफ्नो जीविकाका लागि अहिले पनि मिर्गौला बेच्ने अवस्थामा रहेका जनताको शासक बनेर आएका गिरीलाई आफूले लिएको रकमको हेक्का हुने कुरा भएन । गरिबीको रेखामुनि रहेका ३१ प्रतिशत जनताले अहिले पनि वाषिर्क ६ हजार रुपैयाँभन्दा कम आम्दानीमा गुजारा गर्नुपर्छ ।

गरिब जनताको भाग्य र भविष्य निर्माण गर्छु भनेर आएका गिरीलाई बैंकको ऋण तिर्नुपर्छ भन्ने थाहा छैन र कालोसूचीमा परेपछि पनि सरकारमा बसिरहन लाज लाग्दैन भने जनताले पनि राज्यले तोकेको कर तिर्नैपर्छ कसरी भन्ने ? जनताले भोलि सार्वजनिकरूपमा यस्ता गैरजिम्मेवार व्यक्तिले चलाएको सरकारलाई कर तिर्न आवश्यक छैन भनेर सजिलै भन्नसक्ने अवस्था आउन केहीबेर लाग्नेछैन ।

डा. गिरीको यो चरित्र देखेपछि सरकारी मुखपत्रमा छापिएको उक्त विज्ञापनलाई सच्याएर यसरी छापे हुन्थ्यो भन्न मन लाग्छ -
'इमानदारी जीवनको सबैभन्दा निकृष्ट पक्ष र असफलता हो । बेइमानी, धुत्र्याइँ, भ्रष्टाचार र दुराचारले अनन्त उपलब्धि र आनन्द मिल्न सक्छ । कहिल्यै पापको फल भोग्नु पर्दैन- आफूपछि छोरानातिले पनि । त्यसैले असल नबनौं, इमानदार नबनौं- आफू र आफ्ना सन्ततिलाई जोखिममा नपारौं ।
श्री ५ को सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग' gunaraj@kantipur.com.np
 
Posted on 06-13-05 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42859

डा. गिरीको मनोवाद
फरक मत

कृष्णज्वाला देवकोटा

(बालुवाटारमा एउटा भव्य वंगलाको आरामदायी शयनकक्ष । सुकिलो सिरकले मुख छोपेर एक वृद्ध निदाउने असफल प्रयासमा छन् ।)
साँच्चैं मन्त्रीपरिषद् पुनर्गठन होला ? धेरैले यही अनुमान गरेका रहेछन् । हिजो त्यो तालुखुइले सचिव चाकडी गर्दैथियो, 'हजुर प्रधानमन्त्री होइसिन्छ होला' भनेर । -मुख बिगार्दै- त्यसको त चस्मा देख्दै एलर्जी हुन्छ मलाई । त्यस्ताले भनेको के पुग्ला ?

हुन त यो अनुमान हो, किन डराउनु ?

(लामो सास तान्दै) तर हावा नचली पात हल्लन्न गिरी, बेलैमा सोच् । तैंले नचिनेको देश होइन यो । हुकुम प्रमांगीको शासन न हो । आउन पनि ढोका नचाहिने, जाँदा पनि भित्तैबाट पास हुने । धिक्कार हो ।

(आवेशमा) वास्तवमा यो अनुमान पनि जथाभावी गर्न नपाइने नियम बन्नुपर्छ । कुन विषयमा अनुमान गर्ने, कतिसम्म गर्ने, किन गर्ने र कहिलेसम्म गर्ने हो, सबै बेहोरा खुलाएर सीडीओलाई निवेदन दिने र स्वीकृति पाएपछिमात्र अनुमान गर्न पाउने अध्यादेश आवश्यक छ यहाँ । अनुशासन नै छैन, कसरी बन्छ देश ? जसले जे पायो त्यो अनुमान गरेको छ, अस्थिरता ल्याएको छ । तर के गर्नु, प्रजातन्त्र भन्छन् । अधिकारको कुरा गर्छन् । यो प्रजातन्त्र बडो खराब कुरा हो । म त्यसै प्रजातन्त्रविरोधी भएको होइन । (घडी हेर्दै) ओहो, सवा बाह्र भइसकेछ । कता भाग्यो निन्द्रा ? यो सीताराम प्रसाईंले पनि कस्तो पैसाले घर बनाएछ कुन्नि । सही-गलत के-के गर्छ भन्छन् । घरको जगमै इमान छैन, निन्द्रा कहाँबाट आउँछ ? बेइमान ।

(कोल्टे र्फकंदै) हुन त मलाई नै 'कालोसूची नम्बर १६८०' बनाइसके । त्रिचालीस सालको कोदो अहिले चौरस्तामा सुकाएका छन् पत्रकारले । त्यतिखेर रामप्रसाद र वसन्त गटाणीले के के जाति पाइप र पोलिथिन बनाउँछौं भनेर बैंकबाट तीस लाख निकाल्दे भने । आफैंले पनि अलिअलि खर्च गरियो र देश छोडियो । देशै बिर्सेपछि ऋण सम्झने कुरा आएन । अहिले डेढ करोड पुगेछ । ठूल्ठूला अक्षरमा छापेका छन् । (गम्दै) बनाइस्, पीभीसी पाइप र पोलिथिन । अब त्यही पोलिथिन बोकेर सिंहदरबार जा ।

राजनीति त्यस्तै डामाडोल छ । पत्रकार आन्दोलनमा । तिनलाई प्रेस स्वतन्त्रता चाहियो । वकिल सडकमा । तिनलाई कानुनी राज्य चाहियो । अरू त अरू, डलरे मानवअधिकारवादीसमेत घुर्की लाउँछन् । सत्र सालमा यस्तो केही थिएन । कस्तो स्वर्ग थियो देश त्यतिखेर । न वकिल थिए, न पत्रकार, न माओवादी । भए पनि बडो शालीन थिए बरा । प्रजालाई राज्य भए पुग्थ्यो, कानुनी राज्य चाहिँदैनथ्यो । शासकको अधिकारमै शासित प्रसन्न थिए । अहिले ? पत्रकार रे । वकिल रे । के के जाति अधिकार रे । सडिसकेछ देश । बर्बाद भइसकेछ । थुक्क ।

(सिरकबाट अनुहार निकाल्दै) पर्फमेन्स पनि त्यति जमेन मेरो यसपाला । यसो थर्काइदिउँ भन्यो, कोही थर्कन्न । वकिललाई कानुन सम्झाउन खोज्दा तँ नै असंवैधानिक होस् भने । माओवादीले गर्दा मुद्दा छैनन्, त्यसैले ती फुर्सदिला छन् । सडकमा रमिता देखाउँछन् । उता पत्रकारको बेग्लै फूर्तिफार्ती भइसकेछ यो देशमा । तिनलाई सेन्सरसिप मन परेन रे । एफएमले समाचार भन्न पाउनुपर्छ भन्ने तिनको माग छ । ए बाबा, रेडियो नेपालले समाचार भनेकै छ, त्यही सुन्नु नि । समाचारले के नाप्छ ? सूर्यले पृथ्वी घुम्छ ? गोरखापत्रमा समाचार छापिएकै छ, त्यही पढ्नु । नेपाल टेलिभिजनमा कार्यक्रम आएकै छन्, ती हेर्नु । डिसिप्लिनलेस पिपल ।

(कोल्टे र्फकंदै) अय्या ! यो ढाडको रोगले पनि साह्रै सतायो । फिजियोथेरापिस्ट पनि के गर्छन् के । हुन त आफैं डाक्टर, त्यसो भन्न नहुने हो । बूढो जीउ कहाँ लागोस् घिउ । तैपनि राम्रो उपचार भएको छैन । सब ठग छन् यो देशमा । सबका सब खत्तम् । (गम्भीर हुँदै) म पनि बेकार फसेँ यो झमेलामा । अस्ताउने घाम जोगाउन आएको म मूर्ख । यस्तो झल्लरी उपाध्यक्षभन्दा त प्रोटेस्टेन्ट युजुसे मत-प्रचारक पिटर गिरी नै सुखी थियो । येशु भन्नुहुन्छ- जीवनमा सबैभन्दा ठूलो सुख हो । ठीक भन्नुहुन्छ ।

(गम्भीर हुँदै) भन् त गिरी, यो उमेरमा तँ देशको उद्धार गर्न फर्किस् कि आफ्नो ? हुन त यो बूढाहरूको देश हो । म छु, गिरिजाप्रसाद छन्, कीर्तिनिधि छन्, नयनबहादुर छन्, कृष्णप्रसाद छन्, सूर्यबहादुर छन् । सब एकसे एक । लाइनमा । बडो भाग्यमानी देश हो यो, बीसौं शताब्दीले एक्काइसौं शताब्दी हाँकेको । जर्जर सत्तापक्ष, खन्डहर विपक्ष । (हाँस्दै) रुग्णहरूले चलाएको रुग्ण देश । यशुले यसको भलो गरून् ।

एकथरी मान्छे पार्टी खोलौं भन्छन् र उकास्न आउँछन् । मलाई भने यो पार्टी भन्ने शब्दसँगै एलर्जी छ । मेरो जवाफ हुन्छ- बहुदल मान्ने भए अरू नै पार्टी छन्, कुनैको झन्डा बोक । नमान्ने भए किन पार्टी चाहियो ? नाजवाफ भएर जान्छन् बरा । हेर्दाहेर्दै बडो टुहुरा भएछन् पञ्च यो देशमा । हेर्दै जुम्सा, लुला र नुर गिरेका । टीठलाग्दा, सत्तामा भएर पनि नभएजस्ता । तिनको स्कोपै छैन । कस्तो दिन आयो ?

(मुख छोप्दै) नेपाल अर्कै भइसकेछ । हिजो कार्पेट कान्डले खेद्यो, अब के हुने हो ? छोड्दे, जेसुकै होस् । मेरो के दाउमा छ र ? आए आँप, गए झटारो । यहाँ बढी नै गडबड भएछ भने जाउँला फेरि श्रीलंका वा हैदराबाद । तुलसी गिरी हारे पनि पिटर गिरी हार्दैन । त्यसले केही हार्न बाँकी छैन । जसको सबैथोक जान्छ, त्यो त हौसिएको छ भने मलाई के मतलब ? त्यो त........

(शून्यता ) ...म...-घुर्न थाल्छन्).....

(नोट: पाठकवृन्द, यो मनोवाद-अभ्यास कक्षा एघार र बाह्रका विद्यार्थीका लागि लेखिएको हो । यसका पात्र डा. गिरी हाम्रा उपाध्यक्ष डा. तुलसी गिरीसँग मिल्दोजुल्दो देखिनु संयोगमात्र हो ।)
 
Posted on 06-13-05 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42869

डा. गिरीको ऋण मोचनका लागि सुका-मोहर
मगन्तेले पनि दुई रुपैयाँ दिए

कास

नुवाकोट, जेठ ३० - बैंक ऋण नतिरेर कालोसूचीमा परेका मन्त्रिपरिषद् वरिष्ठ उपाध्यक्ष डा. तुलसी गिरीको ऋण मोचनका लागि यहाँका राजनीतिक दलले सुका-मोहर संकलन अभियान सञ्चालन गरेका छन् । सोमबार बिहान एक घन्टा स्थानीय बट्टार बजारमा सञ्चालन गरिएको उक्त अभियानमा एक सय छयहत्तर रुपैयाँ तीस पैसा संकलन भएको छ ।
जिल्लास्थित संयुक्त जनसंघर्ष समितिले सञ्चालन गरेको यस अभियानमा एमाले, कांग्रेस र कांग्रेस -प्रजातान्त्रिक) का नेता कार्यकर्ता सहभागी थिए । कार्यक्रममा सर्वसाधारण बालबालिकासमेत सामेल थिए ।

संकलित रकम सोमबारै ड्राफ्ट गरी जिल्ला हुलाक कार्यालयमार्फत उपाध्यक्ष डा. गिरीलाई सम्बोधन गरी मन्त्रिपरिषद् सचिवालय काठमाडौं पठाइएको छ ।

पार्टीको झन्डा बोकेका कार्यकर्ताको उक्त अभियानमा पहेँलो कपडाको माग्ने ब्यानर बनाइएको थियो । जिल्लावासीले घरका झ्याल, ढोकाबाट सुका-मोहर फ्याँकेका थिए । केहीले बढी रुपैयाँ दिए पनि आयोजकले सुका-मोहर अभियानमात्र भएको बताएपछि सबैले सुका-मोहर सहयोग गरेका थिए ।

अभियानमा एक मगन्तेले सबभन्दा बढी दुई रुपैयाँ दिएका थिए । बुधसिंह गाविसका मगन्ते कृष्णराम दर्जीले बट्टार बजारमा सहयोग गरेका हुन् । उनी आफूले माग्दा पनि दुई रुपैयाँभन्दा बढी कहिल्यै लिँदैनथे । ५ रुपैयाँ दिएपछि ३ रुपैयाँ दातालाई नै फिर्ता दिन्थे
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
nrn citizenship
Drawback for applying NRN card
Democrats are so sure Trump will win
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters