[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 403009 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-06-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा।


हो निकै रमाइलो भयो। बिर्खेबा को कुरा नि बाह्र हात जती काटियो होला। बाडुल्की लागेन बुढा?


फोटो अब धुलाउन भनी बिस्टे फोटो कन्सर्न गा छ, आउँदै होला ।


 
Posted on 04-06-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि जिम्माल बा !


२००७ को भन्दा केही पातलै भये नि भेला निक्कै रमाइलो मेला जस्तै थियो !


मेनु यस प्रकार को थियो:-


लन्च मेनु
१ खशी को कबाब (नेपाल मा हुँदा दसैं मा खाको कबाब को पनि जवाफ थियो)
२ तामा आलु को तरकारी (सरकारी जागिर जस्तो मिठो) 
३ आलुको अचार (ओहो) 
४ मस्यौरा (हरे)
५ अरु के थियो ठुल्दाइ?


त्यस्पछी,


६  ठुल्दाइको ३७ बर्षिय अनुभवी म:म विद गोल्भेडा को अचार
७  कोथे
८ मोहन लाल


 
Posted on 04-06-09 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्नु मोज गरेछन्!


अब वृहत चौतारी भेला २००९, हाम्रोतिर गर्ने! सबैको अनिवार्य उपस्थिती आऊन नसकेमा कम्तिमा पनि पाँच पेज लामो स्पष्टिकरण दिनु पर्ने!


जाडो माहिना, यानी कि क्रिसमसको बेला पारेर केहि दिन गर्मि छल्दै भेला सफल बनाऊने। अझै करिब नौ महिना बाँकि भएकोले सबैले त्यस अनुसार आ-आफ्नो क्यालेन्डर मिलाऊनु पर्ने छ। शुरुका ३ महिनामा, मेनु तथा कार्यक्रम सुझाव समितीले, मेनु र कार्यक्रमको सुझाब दिनु पर्ने!


 


 
Posted on 04-06-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेनु तथा कार्यक्रम सुझाव समिती को अध्यक्ष लहरे कान्त लाकौल रहेको पुर्व जानकारी गराउन चाहन्छौ


कार्यक्रम मूल समारोह समिती को अध्यक्ष पनि लहरे कान्त लाकौल


चौतारी रस्रङ बिभाग


 
Posted on 04-06-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी समाचार


             अस्ती सन्च्बार भएको चौतारी मिनी गेट टुगेडर आराम पूर्वक चलेता पनि अन्ततिर धेरै घिचेका चौतारी कनिष्ठ रिट्ठे राज रायमाझी को छाती भन्दा तल्लो भाग यानी गोलमोल परेको जेरो प्याक अर्थात पेट गर्बड हुन शुरु भएको थियो। एकछिन त चुप लागेर बस्न सकेको तर धेरै नै दुखेपछी निजको घाँटी माथिको भाग यानी टाउको को डल्लो बाट पसिन निक्लिन थाल्यो यानी सिकिस्त धेरै भएपछी निजलाई नजिकै को हस्पिटल मा नलगी नलगी नजिकै को रेस्ट रूम मा दगुराउनु परेको थियो। सो बन्द कोठा भित्र एक्लै दुई घण्टा बसेपछी निज बाहिर निस्केको र निस्किन साथ निज लाई हजमोला खुवाएको पनि बिशिष्ट सुत्र बाट थाहा हुन आएको छ। अहिले निज को अवस्था सामान्य रहेको पनि बुझ्न आएको छ। बाँकी सम्चार केही बेरको बिस्राम पछी।


चौतारी बरिष्ठ सम्वाददाता
लहरे कान्त लाकौल
चौतारी सम्चार 


 
Posted on 04-06-09 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ब्रिहत भेला २००९ त गजब को कुरो हो जिम्माल बा ! तर यो लहरे लाई 'मेनु सुझाव समिती'को अदख्य राख्ने हो भने म त क्याङ्सिल नै गर्छु ! बज्जे ले र्यापर को म:म ख्वाउछ !


 


 
Posted on 04-06-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज के भएछ हँ?


कता हराएछन सबै? घर पट्टी बा नि देखिदैनन त !


ठुल्दाइ पनि बेपता?


जिम्माल बुर्हो नि अघी त देख्या थे !


बौचा दि लहरे नि छैन !


चिप्लेको त आज मुख कान केही देखिया छैन !


पुरे काइला नि ब्यान देखी गायब छ !


केली को नि चाइ चुइ छैन त


ल है छिटो आओ !


 
Posted on 04-06-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म याही छु रिट्ठे

 
Posted on 04-06-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म याही छु रिट्ठे Uncle

 
Posted on 04-06-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमारु तेइ रुखमुनी बसेर नि केही नबोली बस्छौ !


सिस्नु पानी लाउन नपुग्या यिनलाई !


के खाएउ तिमार्ले ए लरे पुरे? 


तिम्री केलीलाई कता पठाएउ नि आज लरे?


 
Posted on 04-06-09 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, मैले त केइ खा छैन, नास्ता ल्याउला भनेको कोइ नि आएनन, यो लहरेले केलीलाई काँ लुकायो लुकायो, नभे केलिले ल्याउँथी।

अब गएर बुर्गर च्याप्न पर्ला, के गर्नु, तिम्ले चाँही के खायौ?  

 ठुल्दाइ नि एक्चिन चु बालेर आउन्छु भन्या, बेपत्तै भो

धुर्ब्या पसल नि बन्द गरी सक्यो होला, क्यार्नु, एस्तै छ

 
Posted on 04-06-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबै गाम्लेहरुलाई !!
साथै आफ्नो ब्यस्तताको बाब्जुत सह्रिदयि हरुको भेला मा अदितिय आतिथ्यता प्रदान गर्नु भएकोमा बिस्टे परिवार प्रती हार्दिक क्रितज्ञता टक्र्याउन चाहन्छौ  ।


पर्बते परिवार       


 
Posted on 04-06-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्नु मोज गरेछन , मजाले भोज गरेछन , रिठ्ठेको पेट ठीक छ हैन ।


चौतारी भेला भयो भने एसो कन्फरेन्स कल गरौ है , आउने भनेको तेस्तै हो क्यारे गफ चै गरिन्छ ।


अनी के भन्छ लौ सप्पैलाई मंगलवारे ( रिठ्ठे इस्टाएल को ) सेलुट है ।


ठुल्दाइ तारेमाम ! अनी बिस्टेको फिस्टेको के छनी खबर , हिंड्ने भो ?


 
Posted on 04-06-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


झरी पर्‍यो भन्दै मा चौतारी नै न आउने ? छाता नभे बर्षादी ओढेर आउनु पर्यो।


हैन आज बिस्टे कता गयाप ? घरपेटी बा ले हामी गएसी नि अझै म: म: दिए कि क्या हो? लास्टै बिरामी हुने गरी ।


तारेमाम लहरे


 
Posted on 04-06-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त बिजीनेश झक्काश चलेको छ आज ।



 
Posted on 04-06-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुरे ले केही खान पा' रइन्छ त आज ! लौ झट्ट गर बालुवा बोउसी च्यापिहाल !


माट्साप' को नि सवारि भएछ ल ! अनी बिस्टे लाई मात्र धन्यवाद? हाम्ले पनि म:म को डल्लो बनाथेम क्यारे ! अनी लशुन नि छोडाका थेम !


हर्के सोम के खार पेट गडबड हुनी नि ! जम्मा ८ दाना म:म त खा' हो मैले ! धेरै काँ खन्छु र म तिमी जस्तो !


तारे-जमिन-पर ठुल्दाइ (तारेमाम लेख्न खोज्या के भएछ)


त्यही त भन्या आज घरबेटी बा' कता अन्मरेछन ! झल्याक झुलुक नि देखिया छैनन !
ठुल्दाइ को काजु भात भयो राजु?


 
Posted on 04-06-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाघको मुख खाएनी रातो नखाएनी रातो ।


हर्केको मुख बूङूर चपाएनी रातो नचपाएनी रातो ।


तेती जाबो आठ दाना चपाउन नि तेती टाढा जानु पर्छ , हामी तेती टाढा गाको भए १०० दाना खाइन्थ्यो होला।


अस्ती मैले एक सिटिङमै ५० हान्देको सप्पै छक्क परे।


खै केली कता लागि आज खानाको ब्यबस्ता गरत नानी , आज त नास्ता पनि गरेको छैन , चियाको त कुरै नगरौ ?


 
Posted on 04-06-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के।
हर्क्या मार्का किमा किन्दा बेस्सरी हर्केलाई सम्झ्यौं नि हर्के।



यसो फोनसोन लगाएर   पत्ता लगाउनु  पर्‍यो, घरबेटी बा लाई सन्चो बिसन्चो पत्तालगाउनु पर्‍यो।


तारेमाम पर्बते मार्साब।



हो त रिट्ठे, धन्यवाद बिस्टे लाई मात्र?


धन्यवादमा समेत ब्यापक लोडशेडिङ ?



ठाम पो बिस्टे कोमा, म: म: त हाम्रै हो नि , मखुला?


एक डल्ला म: म: पनि न बनाइ मात्र हल्ला गर्ने उही, धन्यवाद पनि बिस्टे लाई मात्र।


 


 
Posted on 04-06-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्न पो ८ गोटा , गन्न पो ८ गोटा। न गनी , न भनी कती खाए कती , देख्ने लाई मात्र थाहा छ ।

 
Posted on 04-06-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी सम्चार

अहिले भक्खर प्राप्त जानकारी अनुसार उहिले जमाना मा न्याप्किनले घाइते हुने ब्यक्ती पर्वते प्रशाद पुडासैनी अस्ती बिस्ट्या घरमा म: म: हसुरिरहदा के कुन्नी झोल पदार्थ सेवन गर्दा जिब्रो डामेको सम्चार प्राप्त भएको छ। निक्कै नै छानबिन पछी त्यो कोदो को झोल भएको पुष्टी भएको छ। म: म: नै खान नसकी जिब्रो डामेको ले पर्वते निक्कै दुखित हुँदा हुँदा पनि भर्खरै पाकेको म: म: देखेर दुइटा मुख्मै एकैचोटि हुल्दा मुख भित्र को तालु सेकेर गम्भिर घाइते भएका छन। निजले त्यस्पछी को समय क्रिम नभएको आईस क्रिम यानी आईस चपाउदै बिताएका थिय। बाँकी सम्चार यो छोटो ब्यापारिक बिस्राम पछी।

बरिष्ठ चौतारी सम्वाददाता
लहरे कान्त लकौल
      चौतारी सम्चार      

 

Last edited: 06-Apr-09 01:14 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters