sajhasexy
Replies to this thread:

More by sajhasexy
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 साथी अब म नेपाल फर्कन्नँ - भाग २

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 45104 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-21-15 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

मेरो नाम टंकबहादुर मल्ल ठकुरी, घर दाङ घोराही, हाल कन्सास सिटी संयुक्त राज्य अमेरिका. म एउटा सफ्ट्वेर कम्पनी मा सिस्टम एनालिस्ट को तह मा काम गर्छु, श्रीमती एक, दुई साना छोरी, आमा ले नेपालाँ छोरो पाउन पर्‍यो भनेर रोएर कराएर धूमचक्र. खैर भान्जी को बिहे मा नेपाल गैयो, सात बर्ष पछी गाको घर पुग्ने बित्तिकै सुटकेस तानतान, भान्जा, भतिजा, भाउजु, भिनाजु सबै ले आइ-फोन पाएनन भनेर मुख फुलाएर आधा दिन बसे। फेरी ठुल्दाइ को सालो जाँठो लाई अमेरिका विसा स्पन्सर गर्नु पर्‍यो रे, तुल्सिपुर मा किराना पसल थाप्ने मुजीलाई डलास आएर बिज्नेस गर्नु पर्‍यो रे, कुरा सुन्दै थप्पड हान्न मन लाग्ने.

माइली भाउजु भोलीपल्ट बिहान चिया बोकेर कोठै मा आइपुगिन्, अन्डरवियर लगाएर सुत्या म, हतपत ओढ्ने ले आफु लाई छोपें, लाज को मर्दो। भाउजु को आफ्नै समस्या, उनकी दिदी कि छोरी को अमेरिका बस्या केटा सित बिहे रे, भतिजी लाई पनि ग्रीन कार्ड भा केटा खोजिदिनु पर्‍यो रे, चिया खाए पछी एक्छिन टाउको दुख्यो.

पर्सी पल्ट बिहान स्वयम्बर, दिदी का साथी हरु, भाउजुका बैनी हरु ले च्यापेर सेल्फी खिचे आफुलाई भने एकैचोटी सात वटा वक्षस्थल ले छोइएको मा भयानक आपत, फोटो पनि मंसिर को जाडो मा पसिना पसिना भएको आयो जुन उनिहरुले तुरन्तै फेस्बुक मा राखे, पाँच मिनेट पछी हेर्दा दस वटा फ्रेन्ड्स रिक्वेस्ट अनी ती फोटा हरुमा १८ वटा लाइक्स, भएन अब?

बेलुकी पख जन्ती आयो, आउनु भन्दा अघी सानो भिनाजु जाँड खाएर टिल्ल, मलाई आएर -
"मुजी सालो भएर अमेरिका बाट स्कच ल्याउनु पर्दैन?" रे,

ठुलो भान्जो ले नसाम्हाल्या भए झन्नै पिट्या थिए। गोडा धोए पछी ठुलि भाउजु की दिदी ले "त्यत्रो अमेरिका बाट आएको मामा ले खाम मा एसो डलर नहाल्या...." भनिछन् मेरो जाँड खाएर मात्तेको सानै देखी को साथी ले सुनेछ, भाउजुको भिनाजु र त्यस्को झन्नै मारामार, मोरो मदने सानै देखी ठीश, भाउजु को भिनाजु लाई " तँ मुजी बदिनी ठोक्न गाको मैले आफ्नै आँखा ले देख्याछु" भनेछ सारा संसार अगाडि.

रात भरी जाग्राम बसियो, हाइ हाइ गर्दै ८ घन्टे बिहे सिद्धियो बिहान बिदावारि भैसकेपछी पो थाहा पाएँ सोफा मै निदाएछु। ठुलो भिनाजु लाई भान्जी बिदा नगर्या देखेर चित्त दुखेछ क्यारे त्यस्पछी बोल्दै बोलेनन.

अमेरिका फर्किनु भन्दा एक दिन अघी मदने ले खान बोलायो, एसो तीन हजार रुप्पें खाम मा हालें त्यस्को छोरो लाई दिन भनेर, त्यहाँ पुग्दा त मोरो ले ४ तल्ले घर ठड्याएछ, गाडी पनि किनेछ, ठेका पट्टा राम्रै रैछ्, सितापाइला मा घडेरी नि किन्या छ रे, हतपत बाथ्रूम गएर खाम मा ३ हजार अझै थपेँ। मासु टोक्दै मदने रेड लेबल पिएर गफ दिन थाल्यो म भने एक बोतल स्यान मिगल मै टिल्ल.

चार थरीको मासु खाएर पेट खराब, भात खानु अगाडि बाथ्रूम गएर मार छेरेँ, अनी बल्ल जिउ हल्का भो, बिहान देखी अटस पटस भा पेट तुरन्तै चङ्गा भो। हगी सके पछी हेर्छु ट्वाइलेट पेपर नाइं, अब परेन फसाद? घरां ठुल्दाइ ले म आउने भनेर १० रोल आफ्ना कोठाँ राख्या थ्ये, हग्न जान भन्दा अघी लान्थे समस्यै थिएन, अब मुजी मदने को शान्दार बाथ्रूम मा ट्वाइलेट पेपर नाइं। खैर घिन मानि मानि कसैगरी पानी ले चाक पुछेँ, हुनत पहिले नपुछ्या हैन तर १२ वर्ष अमेरिका बसाइ ले बानी बिगारेछ।

अब एसो हेर्छु साबुन नाइं, साला ट्वाइलेट पेपर त छैन छैन साबुन पनि नाइं, सारा बाथ्रूम हेरें कतै छैन, त्यस्पछी मार पानी ले हात धोएं, बाहिर निस्केर साबुन माग्न मन लाग्याथ्यो तर भाउजु लाई भन्न लाज लाग्यो, उनिहरु आँफैलाई ग्लानी होला भनेर.

गएर हेर्दा भात पस्कीसक्या रैछ् तर एउटा समस्या - चम्चा-काँटा नाइं, भाउजु लाई भनेर कसैगरी चिनी चलाऊने चम्चा ले भात खान लागियो, हगी सकेको पेट भोक ले खाली, सानो चम्चा को गांस कम, अनी त्यसमाथि मदने को गफ र स्यान मिगल लागेर टिल्ल भैयो, भात सिद्धिंदा एसो हेर्छु चम्चा खसेर काँ पुग्या रैछ् हात चाहिँ जुठो - भएन सत्यानाश ?

४ दिन पछी छोरी ले सोधी " Daddy what did you do in Nepal? "

एसो हेरें, मनै खिन्न भो र मनमनै जवाफ दिएं "के हुन्थ्यो छोरी आफ्नै गु चाखेर आएँ"
 
Last edited: 21-Apr-15 08:52 AM

 
Posted on 04-23-15 9:51 AM     [Snapshot: 8223]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाकामुक मित्रको हल्का मुख-छाडिएका सब्दले भरिपूर्ण नेपाल डायरी राम्रो छ , कुनै ठाउमा त लोलिदा लोलिदा झन्डै मरेको \ बाई द वे घोराई तिर 'ठ्यसने' भन्ने सब्द प्रयोग हुदैनन् जस्तो लाग्यो, कि के हो ?

अनि गोर्खे सोल्टी सानो छदा 'फुकीढल ' हुनुहुन्थ्यो कि क्या हो ? हाम्रो टोलको रोशनचा जस्तै , बेपत्ता संग दौडेको बेला झन्डै झन्डै 'take -off ' नै गर्ला जस्तो \

 
Posted on 04-23-15 10:18 AM     [Snapshot: 8323]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बिचारमा पुर्बेलिको थेगो हो क्यारे ? आमा को होटेल हुदा मौलाउने ; होस्टेल बसाइ मा दुब्लाउने /
हैन त्यो त दार नै तेस्तो रहेछ भन्नु पर्यो | तेतिखेर र अहिलेमा १०/१२ पाउण्ड मात्रै फरक ( थपिएको ) छ |
 
Posted on 04-23-15 12:25 PM     [Snapshot: 8625]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dang ghorai ko tyo address ta chirparichit lagyo ni sexyji...
 
Posted on 04-23-15 9:38 PM     [Snapshot: 9266]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म मान्छे खानाबदोश जन्मे देखिन एक ठाउँ देखी अर्को ठाउँ हिड्या हिंडै, के गर्नु भावी ले खुट्टा मा चक्र लेखिदिए, कहिले कुनै बास-ठहर भएन, कहिले कसैले पत्त्याएन, यसै गरी बांचियो, यसै गरी मरिन्छ, तर ठाउँ धेरै देखियो, मान्छे धेरै चिनियो, त्यही सबै जोडेर हाँसाउने र गाली गलौज गर्ने गर्छु, जिन्दगी चली रा छ त्यति मात्र हो.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters