निमन्त्रणा नआएको होइन, अलि व्यस्त थिएँ, त्यसैले उता पुग्न सकिनँ। मैथुन क्रिम पठाउन ढिलो भए जस्तो छ।अब हजुरको "विशेष औषधि" फ्रिजमै सुरक्षित राखिदिन्छु, गुणस्तरमा कुनै सम्झौता हुँदैन।
अनि एउटा सानो अनुरोध—यस्ता बहुमूल्य समाचार सार्वजनिक चौतारीमा भन्दा इनबक्समै पठाउनु होला। सबै कुरा पाठकको अगाडि देखाउनुपर्ने हुँदैन।
हजुरको कल्पनाशक्ति देखेर त लाग्छ, कथा लेख्न थाले बेस्टसेलर नै निस्किन्छ। तर पात्रहरूको नाम जोड्नु अघि अलिकति तथ्य पनि मिसाइदिनुभयो भने अझ रमाइलो हुन्थ्यो।
जे होस्, हाँसो मजाक , व्यंग , आक्रोस , रिस राग आफ्नो ठाउँमा छ , तर लेखाइ को स्तर पनि आफ्नै चिनारी हो। त्यसैले स्तर जोगाएर कोर्नुस ।
TPS स्थायी ठेगाना होइन भन्ने कुरा अहिले आएर थाहा पाएजस्तो गरेर साझाभरि गुनासो बर्साउनु भन्दा, नेपाल फर्किएपछि आफ्नो अर्को यात्रा कसरी अघि बढाउने भन्ने सोच्नुभयो भने धेरै फलदायी हुन्थ्यो।
समय र ऊर्जा रोइकराइमा होइन, योजना बनाउनमा लगानी गर्नुभयो भने त्यसले नै सबैभन्दा राम्रो जवाफ दिनेछ।