एक्टेड नेपालको आयोजनामा अमेरिकी सिनेटर गोल्डमेनसहितको छ सिनेटर टोलीले भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक नगरी साँखुको भग्नावशेषको निरीक्षण गर्नुका साथै शङ्खरापुर नगरपालिकाभरि सरसफाइ गर्नको लागि कामदारलाई आवश्यक ज्यावल वितरण गरेको छ ।
उक्त सिनेटर टोलीमा करिब ३० जना अमेरिकीको उपस्थिति रहेको थियो ।
एक्टेड नेपालका कार्यक्रम संयोजक दिपक चापागाईंका अनुसार शङ्खरापुर नगरपालिकाभरि करिब ३०० जना कामदार लगाएर भग्नावशेष पन्छाउने र बाटो एवम् चोकको सरसफाइ गरिनेछ ।
शङ्खरापुर नगरपालिकाको मुटु साँखुको ८, ९, १० र ११ नं वडाको सरसफाइका लागि शङ्खरापुर स्थानीय सरसफाइ समिति गठन गरिएको छ ।
त्यसैगरी, यस सरसफाइ कार्यको अनुगमन गर्न आनन्दबहादुर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समितिसमेत बनेको छ ।