[Show all top banners]

rownyc

More by rownyc
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 MISS NEPAL US preparation at Delhi Heights Corner
[VIEWED 2398 TIMES]
SAVE! for ease of future access.
Posted on 08-19-15 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss Nepal US preparations in Jackson Heights smile emoticon
आगामी अगस्त २२ तारिख विश्व कै सम्राट राज्य न्युयोर्कमा हुन् गै रहेको पाँचौ मिस नेपाल युएस (नेपाल अमेरिका सुन्दरी ) प्रतियोगितामा नेपालका चर्चित द्वय नायिका नन्दिता केसी तथा केकी अधिकारीले प्रतक्ष्य धमाकाधार प्रस्तुति दिने भएका छन् l
दुवै नायिका केहि समय अगाडी अमेरिकाको क्यालिफोर्नियामा आई पुगेको जानकारी दिदै पाँचौ मिस नेपाल युएसको लागि अगस्त १७ तारिखमा न्युयोर्क आउने जानकारी स्थापना काल देखि नै क्रियाशील रही आएका तथा आयोजक समितिका सदस्य शैलेस श्रेष्ठले बताए l
श्रेष्ठले थप जानकारी दिदै नायिका नन्दिता केसी तथा केकी अधिकारी प्रतिभाशाली कलाकार हुन् भन्दै यस्तो शुभ अवसरमा विदेशमा रहेका नेपालीहरुले वहाहरुको कलाको प्रस्तुति देख्ने मौका पाउने भएकोले प्रतक्ष्य प्रतिभा प्रस्तुतिको चाजो मिलाइएको बताए l
यस पटकको पाँचौ नेपाल अमेरिका सुन्दरी प्रतियोगिताले बिशेष हुने बताउदै भव्यताको साथ सम्पन्न गर्न आयोजक समुह आयोजक अहोरात्र खटिई रहेको बताए l
पाँचौ मिस नेपाल युएस प्रतियोगिताको लागि भारतीय बलिवुडका प्रख्यात कलाकार गुल्सन ग्रोभर पनि १ हप्ता अगाडी नै अमेरिका आई सकेका छन् भने बलिवुडकि चर्चित नायिका मनिषा कोइरालाको पनि सहभागिता हुने आयोजकले जनाएका छन् l
यसपाली कार्यक्रम बाट संकलित रकमले नेपालीको पुनर्निर्माणमा जाने भएकोले अझ हामी नेपाली समुदायसंग ज्यादा अपेक्षा गर्दछौ र सहभागी हुन् आब्हान आयोजकको तर्फबाट श्रेष्ठले गरेका छन् l
नन्दिता केसी नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् भने अर्घाखाँचीको गाउँले परिवेशमा हुर्केकी नायिका नन्दिता केसी अहिलको चल्तीकि नायिका मध्येकी एक हुन् ।बुटवलबाट नृत्य प्रशिक्षण लिई बुटवलबाटै चलचित्र क्षेत्रमा होमिएकी अभिनेत्री केसी चलचित्र क्षेत्रमा स्थापित भई सकेकी छिन् । हाल सम्म अढाई दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । ‘सपना’, ‘मालतीको भट्टी’, ‘जीन्दगानी दर्पणछायाँ’ लगायतका चलचित्र गरेकी छिन् ।
-
धर्मनिरपेक्षताबारे छलफल गर्न आइतबार सिंहदरबारमा बसेको शीर्ष बैठकमा देउवा र भट्टराईबीच चर्काचर्की भएको हो ।
बैठकमा भट्टराईले कैलाली र कञ्चनपुरलाई थारुवानमा राख्नुपर्ने बताएपछि देउवा एक्कासि झोक्किएको एक नेताले बताए ।
सिमांकनमा सबैभन्दा मर्का थारुलाई परेकाले कैलाली कञ्चनपुरलाई तराईकै जिल्लासँग राख्नुपर्ने भनाइ भट्टराईको थियो । भट्टराई बोल्दै गर्दा बसेको स्थानबाट उठेर पाखुरा सुर्कंदै देउवा भट्टराई नजिक पुगे ।
‘१५ प्रतिशतको संख्यामा रहेका थारुलाई कैलाली र कञ्चनपुर त के रौं पनि दिन्न’, देउवाले भनेका थिए ।
जवाफमा भट्टराईले आफूलाई राजा महाराजा ठान्ने प्रवृत्तिबाट मुक्त हुन देउवालाई आग्रह गरेका थिए । ‘कैलाली र कञ्चनपुर थारुलाई दिन्न भन्ने तपाईं को हो ?’, बाबुरामले देउवालाई प्रशन गरे, ‘आफूलाई राजामहाराजा नठान्नुहोला ।’
बाबुरामको जवाफपछि केही हच्किएका देउवालाई शीर्ष नेताले आफ्नो ठाउँमा गएर बस्न आग्रह गरेपछि परिस्थिति केही सामान्य बनेको थियो ।
देउवा कैलाली र कञ्चनपुर तथा भेरी र कर्णालीका जिल्लासहित अखण्ड सुदूरपश्चिमको पक्षमा छन् ।
भट्टराईको पार्टी एमाओवादीले भने कैलाली र कञ्चनपुरलाई थरुहटबाट अलग गर्न नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ जनाएको छ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters