यो शिर्षकमा लेख्ने अनुमति दिनु भएकोमा आभारि हुँदै ,अन्य साझावासिलाई के गर्ने झापालि हरु यस्तै हुन्छन् ,झापा शब्द आउनै हुँदैन ,हुरुक्क भई मरी मेट्छन् , सोझा भएर पनि बाठामाँ गनिन्छन् भन्ने शब्दका साथ
म झापा छिट्टै आउँछु
रातो बरफ आठआनाको पग्लेर कलरमाँ
घरमाँ पक्डाउ खाने डरले मैले पुछेथेँ ।
मेटिएन ! अहँ मेटिएन!!!!!!!!!!!!!!!!!!
न त्यो टाटो न त्यसका यादहरु
सिँगान पुछ्दै ,हाफप्यान्ट तान्दै
छिछिमिरा समाउन कुद्थ्यौँ हामी
पराल बानी छोडेको त्यो किरो
भेटिएन ! अहँ भेटिएन!!!!!!!!!!!!!!!!!!
न त्यो किरो न सप्तरङ्गि सपनाहरु
बुर्कुसि मारि दाउनि गरेको परालमा
चर्याउने गरी रमाउन मन छ।
पक्डेर छोडेका ति सपनालाई
नछुट्ने गरी समाउन मन छ ।
म झापा छिट्टै आउँछु
बोरा ओछ्याएर चढेको भैँसीको आङका
सरेका जुम्रा अझै चुस्छन् ।
टिफिनमाँ भागेर पौडि खेल्न
नाङ्गो जिउ झ्याम्म निन्दामा
आसपासमाँ ढ्याप्पा मार्ने गरी
साथिभाइलाई लखेट्न मन छ ।
छोडेर आएको त्यो स्वर्ग
एक चोटि मलाई भेट्न मन छ ।
म झापा छिट्टै आउँछु